२० रुपैयाँ दरका ३१ करोड थान नोट छाप्न ४६ लाख डलरमा चिनियाँलाई ठेक्का
मकालु खबर
२०७९ फागुन १ गते
काठमाडौँ । नेपाल राष्ट्र बैंकले २० रुपैयाँ दरका ३१ करोड थान नोट छाप्न चिनियाँ कम्पनीलाई ठेक्का दिएको छ ।
४६ लाख ९८ हजार ६ सय ८५ अमेरिकी डलरमा उक्त परिमाणको नोट छाप्ने ठेक्का चीनको मा चिनियाँलाई ठेक्का एमएस चाइना बैंकनोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनले पाएको हो ।
राष्ट्र बैंकले आव्हान गरेको टेन्डर प्रक्रियामा तीनवटा कम्पनी प्राविधिक रुपमा सफल भएका थिए । उक्त चिनियाँ कम्पनीसहित भारत र फ्रान्सको कम्पनी पनि टेण्डरमा सहभागी भएका थिए ।
उक्त चिनियाँ कम्पनीलाई २० रुपैयाँको नोट छाप्न दिँदा एउटा नेटको २ रुपैयाँ लागत पर्ने छ ।
मकालु खबर
२०७९ फागुन १ गते
प्रतिक्रिया
सम्बन्धित