सार्वजनिक यातायात बिनाको सडक (तस्बिरहरू)

काठमाडौँ । सोमबार यातायात मजदुरहरूको सार्वजनिक यातायात ठप्प पार्ने घोषणा गरे । मजदुरहरू ने आन्दोलित भएपछि सूचना सबै यातायात व्यवसायी कहाँ पुग्यो र, मंगलबार अर्थात् आज बिहान सार्वजनिक गाडी चलेनन् ।

सार्वजनिक यातायात नै नचलेपछि बिहान काठमाडौँ उपत्यकाका सडक खालीप्रायः देखिन्थे । सडकमा साना गाडी (व्यक्तिगत: कार, मोटरसाइकल, ट्याक्सी) सरकारी, वित्तीय संस्था, नियोग, अत्यावश्यक सेवालगायतका सवारीमात्रै चलेका थिए ।

यसो हुँदा दैनिक सार्वजनिक बसमा ओहोर-दोहोर गर्ने यात्रुहरूको बिचल्ली भएको छ । बसपार्क र स्टेसनहरूमा बस कुरेर बस्ने यात्रुहरूको भीड देख्न सकिन्छ ।

तर अहिले सरकार र यातायात मजदुर नेताहरुबीच भएको वार्तापछि सार्वजनिक सवारी चल्ने भएका छन् । यातायात मजदुरहरूले आह्वान गरेको सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने समझदारी भएको छ ।

यातायात मजदुरहरूले बढाइएको ट्राफिक प्रहरीको जरिवाना खारेजलगायत १० बुँदे माग राखेर सोमबारदेखि आन्दोलन गरेका थिए । सोही आन्दोलनको क्रममा सोमबार बालाजु माछापोखरी क्षेत्रमा आगजनी र तोडफोडका घटना भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *