एमालेभित्रै विभीषण नभएका भए हामीलाई कसैले पराजित गर्न सक्दैनथे : ओली
मकालु खबर
२०७९ फागुन २ गते
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीभित्रैका केही व्यक्तिका कारण एमालेले पराजय भोग्नु परेको बतएका छन् । उनले पौराणिक ग्रन्थ रामायणका पात्र विभीषण जस्तै एमालेमा पनि केही विभीषण देखिएका पराजय भोग्नु परेको बताएका छन् ।
‘हामीले दुई तिहाइको सरकार बनाएका थियौँ,’ उनले भने, ‘चारैतिरबाट हामीमाथि हमला भइरहेको थियो । बाहिर हमला भित्रै हमला । बाहिरको हमला थेग्न सक्ने थियौँ । तर, भित्रैबाट हमला भएपछि हामी ध्वस्त भयौँ । एमालेमा विभिषण जन्मिए ।’
उनले एमालेको भ्रातृ संगठन अनेरास्ववियु जस्ता संगठनका कारण पछिल्लो निर्वाचनबाट पुनः पार्टी जोगिएको बताए । सबैको घेराबन्दीका बीच पनि एमालेले पछिल्लो निर्वाचनमा पाएको सफलता उल्लेख्य रहेको उनले बताए ।
मकालु खबर
२०७९ फागुन २ गते
प्रतिक्रिया
सम्बन्धित