एक दिवसीय खेलमा कुशल भुर्तेलको पहिलो शतक
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत एक दिवसीएक खेलमा शतक प्रहार गर्ने नेपालकै पहिलो खेलाडी कुशल भुर्तेल बनेका छन् । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा जारी नामिबियाविरुद्धको खेलमा उनले शतक (सेन्चुरी) प्रहार गरेका हुन् ।
४१औँ ओभरको अन्तिम बलमा नामिबियाका कप्तान जेर्हार्ड एरासमसलाई सिंगल रन प्रहार गर्दै उनले शतक बनाएका हुन् । उनले ९९ बलमा ९ चौका र ४ छक्का प्रहार गरेका हुन् ।
यसअघिका एक दिवसीय क्रिकेट खेलहरुमा भुर्तेलले सबैभन्दा बढी ८४ रनसम्म बनाएका थिए । यो सँगै एक दिवसीयमा शतक गर्ने उनी चौथा खेलाडी बनेका छन् । यसअघि पूर्व कप्तान पारस खड्का, हालका कप्तान रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीले एक दिवसीयमा शतक प्रहार गरेका थिए ।
एकदिवसीय खेलामा सबैभन्दा बढी रन बनाउने खेलाडीमा रोहित शर्मा छन् । उनले गत मार्चमा भएको पपुवा न्युगिनीविरुद्धको खेलामा १२६ रन जोडेका थिए ।