सत्ता साझेदार राप्रपाका सांसद ज्ञानबहादुरको प्रश्न– यो देशमा सरकार छ कि छैन ?
मकालु खबर
२०७९ फागुन ३ गते
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय प्रजान्तन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले देशमा सरकार भएको आभास नभएको बताएका छन् । प्रतिनिधि सभा संसदमा बुभबार धारणा राख्दै उनले यस्तो बताएका छन् ।
‘यो देशमा सरकार छ या छैन ?,’ उनले भने, ‘यदी सरकार छ भने प्रधानमन्त्री निवासभन्दा जम्मा ३ किलोमिटर अगाडि दिनदहाडै लुटपाट हुन्छ । प्रहरी निकम्मा भएर हेरिरहेको छ । करोडौँ लगानी गरेका व्यववसायी किन डुब्दै छन् । यदी सरकार छ भने हामीले मजदुरका लागि किन ऐन बनाउँदैनौँ । यदी सरकार छ भने यो देशमा गृहमन्त्रालयको संन्यत्र छ तर गृहमन्त्री किन खाली ? प्रधानमन्त्रीले नै सबै मन्त्रालय लिने हो भने अन्य मन्त्रालय किन चाहियो ?’
मकालु खबर
२०७९ फागुन ३ गते
प्रतिक्रिया
सम्बन्धित