झोलामा गाई पाल्नेलाई झोलामै अनुदान दिइएको छ : हरि ढकाल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद हरि ढकालले कृषि क्षेत्रमा वितरण भइरहेको अनुदानको व्यापाक दुरुपयोग भएको भन्दै संसदमा आवाज उठाएका छन् । प्रतिनिधिसभा संसदमा बुधबार बोल्दै उनले अहिले देशमा किसानका समस्याबारे संसदमा सांसदले उठाइरहेको भए पनि समस्याको समाधानमा सरकारले ध्यान नदिएको बताएका छन् ।
‘झोलामा गाई पाल्ने, झोलामा खेती लाउने झोले किसानहरुलाई झोलामै अनुदान हालिदिएको अवस्था छ,’ उनले भने, ‘जसले हुकँदै गरेको काठमाडौँका बच्चाका लागि दुःध पठाउँछ । त्यस्ता किसानले पाउने अनुदान पनि भ्रष्टाचार गरेर खाने पापीहरुलाई कारवाही हुँदैन । अनुदान वितरण गर्ने जिम्मा वडालाई दिने हो भने कृषिअनुदानमा भइरहेको भ्रष्टाचार कम हुने छ ।’
उनले संसदमा सांसदहरुको उपस्थिति कम भएको भन्दै दुःख समेत व्यक्त गरेका छान् । ‘शपथ ग्रहण भएको धेरै भएको छैन,’ उनले भने, ‘सांसदको उपस्थिति हेर्दा केही समयपछि हामी केही नयाँ सांसद मात्रै पो बाँकी हुने हौँ कि भन्ने लाग्छ ।