सेयर बजारमा १३ अंकको गिरावट
मकालु खबर
२०७९ फागुन ३ गते
काठमाडौँ । सेयर बजारमा बुधबार गिरावट आएको छ । यस दिन सेयर बजार नेप्से परिसूचक १३.९० प्रतिशतले घटेर २०९१.५६ विन्दुमा पुगेको छ ।
यस दिन जम्मा १ अर्ब ७३ करोड २५ लाख ७५ हजार २ सय २ रुपैयाँमा ४८ लाख १५ हजार १ सय २० कित्ता सेयर कारोबार भएको छ ।
यस दिन १७६ कम्पनीको सेयर मूल्य घटेको छ । ३७ कम्पनीको सेयर मूल्य बढेको छ ।
यस दिन सबैभन्दा बढी युनिलिभर नेपाल लिमटेडको सेयर मूल्य ८.५४ प्रतिशतले बढेको छ ।
मकालु खबर
२०७९ फागुन ३ गते
प्रतिक्रिया
सम्बन्धित