१० वर्षदेखि अलपत्र योजना प्रदेश सभामा प्रवेश

विराटनगर । तेह्रथुमका सांसद किशोरचन्द्र दुलालले तमोर नदीमा १० वर्ष पहिला सम्झौता भएको पुल अझै निर्माण सम्पन्न नभएको बताए ।

प्रदेश सभाको शून्य समयमा बोल्दै सांसद दुलालले म्याङ्लुङ नगरपालिका २ र पाँचथरको कुम्मायक गाउँपालिका हुँदै तमोर कोरिडोर जोड्ने तमोर नदीमा निर्माणाधीन मोटरेवल पुल १० वर्षदेखि अलपत्र अवस्थामा रहेको बताए । आर्थिक वर्ष २०६९/०७० मा सडक डिभिजन कार्यालयसँग ३ वर्षमा सम्पन्न गर्नेगरी स्वच्छन्द निर्माण सेवाले १५ करोड ३६ लाखमा ठेक्का सम्झौता लिएको पुल सम्झौता भएको १० वर्षमा पनि निर्माण पूरा नगरी अलपत्र छाडेको सांसद दुलालले बताए ।

‘१६० मिटर लम्बाईको दुई लेनको मोटरेवल पुल अहिलेसम्म सम्पन्न भएइको छैन, उनले भने, १६० मिटर लम्बाईको पुल ९२ मिटर ढलान र ५७ मिटर स्टिल ट्रस हालेर निर्माण गर्नु पर्नेमा १० वर्ष बितिसक्दा पनि लथालिङ्ग अवस्थामा छाडिएको छ।’

अहिलेसम्म पुल निर्माणको करिब ४० प्रतिशत मात्र काम भएको उनले उल्लेख गरे । सम्झौता कार्यान्वयनलाई निरन्तरता नदिइएको बताउँदै प्रदेश सभा सदस्य दुलालले निर्माण समयमै पूरा नहुँदा नागरिकलाई समस्या भएको जानकारी गराए ।

३ पिलर ४ स्लाब निर्माणको काम बाँकी रहेकोले पुल निर्माणमा सरकारका चासो दिनु पर्ने आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *