मिलापत्रपछि छुटे कलाकार पवन खतिवडा ‘म्याकुरी’

विराटनगर । मोरङमा पक्राउ परेका कलाकार पवन खतिवडा ‘म्याकुरी’ प्रहरीले दिउँसो छाडेको छ । इलाका प्रहरी कार्यालय बेलबारीले उनलाई नियन्त्रणमा लिएको थियो । बेलबारी ४ का जीवन कार्कीलाई कुटपिट गरेको आरोपमा इप्रका बेलबारीले कलाकार खतिवडा र रमेश भण्डारीलाई मंगलबार राती नियन्त्रणमा लिएको थियो ।

मंगलबार राति बेलबारी नगरपालिका १ मा मादक पदार्थ पिएका खतिवडाले मातेर झागडा गरेको आरोप लागेको थियो । होटलबाट बाहिर निस्किएर झगडा गरिरहेको खबर स्थानीयले प्रहरीलाई गरेपछि उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएकोमा बुधबार दिउँसो मिलापत्र गराएर छाडिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी टिका बहादुर कार्कीले जानकारी दिए ।

उनीहरुलाई दिउँसो नै छाडिएकाे कार्कीको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *