आर्सनललाई हराउँदै म्यानचेस्टर सिटी बन्यो लिग लिडर
मकालु खबर
२०७९ फागुन ४ गते
काठमाडौँ । म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ । शीर्षस्थानमा रहेको आर्सनललाई उसकै मैदानमा ३–१ ले पराजित गर्दै सिटी शीर्षस्थानमा उक्लन सफल भएको हो ।
सिटीको जितमा केभिन डि ब्रुएना, ज्याक ग्रेलिस र एर्लिङ ब्राउट हालान्डले गोल गरे । आर्सनलका बुकायो साकाले एक गोल फर्काए ।
जितसँगै शीर्षस्थानमा उक्लिएको सिटीको २३ खेलबाट ५१ अंक पुगेको छ । एक खेल कम खेलेको आर्सनलको पनि ५१ अंक नै रहेपनि गोलअन्तरमा पछि छ ।
मकालु खबर
२०७९ फागुन ४ गते
प्रतिक्रिया
सम्बन्धित