नेता भण्डारीलाई नर्भिकको चिकित्सकीय टिमसहित एयर एम्बुलेमा मुम्बई लाने तयारी : डा. ताेसिमा

काठमाडौँ । नेपाली नेता चन्द्र भण्डारीको स्वास नलीमा जलनले गर्दा ‘हाइ फ्लो’ अक्सिजनमा राखिएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सांसद डा. तोसिमा कार्कीले जानकारी दिएकी छन् । चिकित्सकसमेत रहेकी सांसद तोसिमाले आफूले भण्डारीसँग अस्पतालमा कुराकानी गरेको बताएकी छन् । उनलाई निकै असहज भएको समेत उनले बताएकी छन् ।

स्वास नलीमा भएको जलनले गर्दा असल हुन सक्ने र सुन्निन सक्ने जोखिमका कारण नेता भण्डारीलाई नर्भिक अस्पतालको चिकित्सकीय टिमसहित एयर एम्बुलेन्समा राखेर मुम्बई लैजाने तयारी भइरहेको उनले बताएकी छन् ।

नेता भण्डारीको अवस्थाबारे समाजिक सञ्जालमार्फत जानकारी दिँदै डा. तोसिमाले लेखेकी छन्– ‘नेपाली कांग्रेसका प्रभावशाली नेता माननीय डा. चन्द्र भण्डारीलाई कीर्तिपुर बर्न अस्पतालमा भेटी, उहाँको स्वास्थ्य अवस्था बुझी उहाँसँग पनि प्रत्यक्ष थोरै कुराकानी गरेर आएको छु्र । दुबै हात खुट्टा र अनुहार गरी शरीरमा ३० प्रतिशत जति जलन भएको छ । मैले भेट्दासम्म हाई फ्लो अक्सिजनमा रही कठिनाईका साथ बोल्न चाहिँ सकिरहनुभएको छ्र । स्वास नलीमा जलनले असर र सुन्नीन सक्ने जोखिम भएको हुँदा स्वास नलीमा पाईप राखी (ईन्टुबेसन गरी) अक्सिजन दिँदै एयर एम्बुलेन्स मार्फत नर्भिक अस्पतालको चिकित्सकीय टिमसहित मुम्बई रिफर गर्ने तयारी हुँदैछ । मुम्बईको नेसनल बर्न सेन्टर अस्पताल र चिकित्सकीय टिमसँग पनि हामी सम्पर्कमा रहनेछौँ । उहाँको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *