सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि मुम्बई लगियो

काठमाडौँ । खाना पकाउने ग्यास लिक भई आगो लागेर गम्भीर घाइते भएका कांग्रेस नेता तथा सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ । कीर्तिपुर बर्न अस्पतालले उनलाई थप उपचारका लागि मुम्बईको नेशनल बर्नस् सेन्टर रिफर गरेपछि उनलाई मुम्बई लगिएको हो ।

बिहीबार दिउँसो श्री एयरलाइन्सको विशेष(चार्टर्ड) उडानबाट उनलाई मुम्बई लगिएको हो ।

उनीसँगै स्वास्थ्यकर्मीकाे टाेली पनि गएकाे छ । टोलीमा नर्भिक अस्पतालका ३ जना डाक्टर र ३ जना पारामेडिक्स समावेश रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीको सचिवालयले जनाएको छ । क्रिटिकल केयर प्रमुख डा. प्रदिप तिवारी, एनेस्थेसिया क्रिटिकल केयर डा।वृहस्पति र फ्लाइट डाक्टर डा.रोशन शर्मा रहेका छन् भने तीन जना पारामेडिक्स ईआरमा दिनेश राई, सागर महर्जन र राज तामाङ रहेका छन् ।

स्वास नलीमा जलनले असर र सुन्निन सक्ने जोखिम भएको हुँदा स्वास नलीमा पाइप राखी (इन्टुबेसन गरी) अक्सिजन दिँदै लगिएको चिकित्सकले जनाएका छन् ।

बुद्धनगरस्थित घरमा बुधबार राती आगलागीमा परी भण्डारी घाइते भएका हुन् । उक्त घटनामा घाइते भएकी भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ ।

भण्डारीको शरीरको ३० प्रतिशत भाग जलेको छ ।

चन्द्र भण्डारीलाई एम्बुलेन्समा राखेर विमानस्थल लगिँदै

सांसद भण्डारीलाई मुम्बई लाने टोलीमा सँगै रहनेछन् ६ जना चिकित्सक

नेता भण्डारीलाई २ बजेपछि श्री एयरलाइन्सकाे विशेष उडानबाट मुम्बई लगिने

नेता भण्डारीलाई नर्भिकको चिकित्सकीय टिमसहित एयर एम्बुलेमा मुम्बई लाने तयारी : डा. ताेसिमा

अस्पताल पुगेर सभापति देउवाले गरे चन्द्र भण्डारीको स्वास्थ्य लाभको कामना

अस्पतालको बेडमा रहेका चन्द्र भण्डारीले गुमाए आमा

चन्द्र भण्डारीलाई मुम्बई लैजाने तयारी, सभापति देउवा पुगे कीर्तिपुर अस्पताल

चन्द्र भण्डारीलाई मुम्बई लैजाने तयारी, सभापति देउवा पुगे कीर्तिपुर अस्पताल

चन्द्र भण्डारी आमाछोराको अवस्था जटिल, चिकित्सकले गरे देशबाहिर लैजान सिफारिस

चन्द्र भण्डारीको सचिवालयले भन्यो- आइसियुमा उपचार भइरहेका आमाछोराको नयाँ अपडेट छैन

ग्यास सिलिन्डर पड्किँदा चन्द्र भण्डारी र उनकी आमा घाइते, कीर्तिपुरमा उपचार हुँदै

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *