एमालेले शुक्रबारदेखि ग्रासरुट अभियान थाल्ने

विराटनगर। नेकपा एमालेले ग्रासरुट अभियान शुक्रबारदेखि थाल्ने भएको छ। प्रदेश १ बाट सुरु गर्न लागेको ग्रासरुट अभियान विराटनगरबाट सुरु गर्न लागेको नेकपा एमालेका प्रदेश अध्यक्ष तुलसी न्यौपानेले जानकारी दिए।

प्रदेश १ को ईन्चार्जमा राजेन्द्र गौतमले जिम्मेवारी पाएसँगै प्रदेश १ मा कार्यकर्ता लक्षित अभियान संचालन गर्न लागेको हो।

एमालेको केन्द्रले ग्रासरुट अभियान फाल्गुन ५ गतेबाट सुरु गर्ने निर्णय गरेको थियो । ग्रासरुट कार्यक्रमका लागि एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र सचिव टोपबहादुर रायमाझी बिहीबार नै विराटनगर आएका छन्।

शुक्रबार प्रदेश कमिटीको बैठक पनि बस्दैछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *