आईसीसी विश्वकप क्रिकेट लिग टू : नेपालले स्कटल्याण्डलाई ३ विकेटले हरायो

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग टूको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले स्कटल्याण्डलाई हराएको छ । घरेलु मैदानमा (टियु कीर्तिपुर मैदान) मा शुक्रबार भएको खेलमा नेपालले लिग टू को विजेता बनिसकेको स्कटल्याण्डलाई ३ विकेटले हराएको हो ।

स्कटल्याण्डले दिएको २ सय ७५ रनको लक्ष्य नेपालले ४७ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ४ चौकासहित ८ बलमा १६ रन बनाए । अर्का ओपनर आसिफ शेखले १४ बलमा ९ रन बनाए ।

त्यस्तै, ज्ञानेन्द्र मल्ल ३ बलमा ४ रन बनाएर आउट हुँदा कप्तान रोहित पौडेलले १० बलमा ६ रन बनाए । कप्तान रोहित आउट भएसँगै मैदान आएका कुशल मल्लले ६७ बलमा ९ चौका र ४ छक्कासहित ८१ रन बनाए । एक दिवसीय अन्तराष्ट्रिय खेलमामा कुशलको यो सर्वाधिक रन हो ।

सन्दीप जोराले ५ रन बनाउँदा दिपेन्द्र सिंह ऐरीले १ सय १६ बलमा अविजित ८५ रन बनाए । दीपेन्द्रको एक दिवसीय अन्तराष्ट्रियमा यो दोस्रो अर्धशतक हो । उनले एक शतकसमेत प्रहार गरेका छन् ।

विश्वकप लिग टूमा भने दिपेन्द्रको पहिलो अर्धशतक हो । गुल्सन झाले १७ रन बनाउँदा सोमपाल कामीले ३२ बलमा अविजित २४ रन बनाए । छैटौँ विकेटका लागि कुशलले दीपेन्द्रसँग मिलेर १ सय रनको साझेदारी गरेका थिए ।

दीपेन्द्र र सोमपालले आठौँ विकेटका लागि अविजित ५५ रनको साझेदारी गरेका थिए ।

त्यस्तै, स्कटल्याण्डका लागि क्रिस सोल र मार्क वाटले समान ३३ विकेट लिए । स्कटल्याण्डले १६ रन अतिरिक्त स्वरुप दिएको थियो ।

त्यसअघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७४ रन बनाएको हो ।

स्कटल्याण्डका लागि माइकल लिस्कले ८५ बलमा १ सय ७ रनको शतकीय इनिङ खेले । उनले ३ चौका तथा ९ छक्का प्रहार गरे ।

उनले ७९ बलमा ३ चौका र ९ छक्काको सहयोगमा १ सय रन बनाएका थिए । एकदिवसीय अन्तर्राष्ट्रियमा उनको यो पहिलो शतक हो ।

नेपालविरुद्धको आजको खेलमा डेब्यु गरेका ज्याक जार्किभले २६ रन बनाए ।

ब्राण्डन म्याकमुलान र क्रिटोफर म्याकमुलनले समान २२र२२ तथा टोमस म्याकिन्टोस र मार्क वाटले २० रन बनाए । कप्तान रिचि बेरिङ्गटनले समान १९र१९ रन बनाए । क्रिस ग्रेभले १६ रन बनाए ।

१ सय ११ रनमा छैटौँ विकेट गुमाएको स्कटल्याण्डले २ सय ७४ रन ९ विकेट गुमाएर पूरा गर्यो ।

सातौँ विकेटका लागि माइकल लिग्स र ज्याक जार्भिसले ८१ रनको साझेदारी गरेका थिए ।

नेपालका लागि स्पिनरहरुले ओभरमा रन दिँदै विकेट लिएका थिए । चार जना स्पिनर प्रयोग गरेको नेपालका सबैजनाले कम्तिमा पनि १र१ विकेट लिएका थिए ।

सन्दीप लामिछानेले १० ओभरमा २७ रन दिएर ३ विकेट लिए । कुशल मल्लले २ तथा सोमपाल कामी,दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान १र१ विकेट लिए ।

सिरिजमा नेपाल २६ खेलमा २२ अंक जोडेर छैटौँ स्थानमा रहेको छ ।

स्कटल्याण्ड ३४ खेलमा २३ मा जित र ९ मा हारका साथ ४८ अंकका साथ तीन खेलअघि नै विश्वकप लिग टूको च्याम्पियन भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *