‘साताका सात’ तस्बिर
महाशिवरात्रिको रौनक
शिवरात्रिको पूर्वसन्ध्यामा पाशुपत क्षेत्रमा गाँजा खादै एक साधु ।
हिउँबिनाको माछापुच्छ्रे
पोखरा बागलुङ सडक खण्डको नौडाँडाबाट देखिएको माछापुच्छ्रे हिमाल ।
नेपालकै अग्लो बन्जी
कुश्मास्थित नेपालको सबैभन्दा अग्लो र विश्वको दोस्रो अग्लो बन्जी जम्प । कालीगण्डकी नदीमाथि रहेको यो बन्जी जम्प २२८ मिटर अग्लो छ । यो पुलले नेपालको दुई जिल्ला पर्वत र बागलुङलाई जोडेको छ ।
आउँन थाले साधु
यसवर्षको शिवरात्रि मनाउन पशुपति आएका साधुसन्तहरु राममन्दिर परिसरमा भोजन गर्दै ।
जीर्णोद्धार हुँदै बागलुङ कालिका
बागलुङ जिल्लाको ऐतिहासिक एवम् धार्मिक महत्त्व बोकेको बागलुङ कालिका मन्दिर। हाल यो मन्दिर जीर्णोद्धार हुँदैछ ।
राजमार्गमा पोलेको मकै
पृथ्वी राजमार्गको मलेखु मुग्लिङ खण्डमा राजमार्गको छेउमा मकै पोलेर व्यापार गरिरहेका व्यापारीहरू ।
नेपालकै लामो झोलुङ्गे पुल
बागलुङमा अवस्थित नेपालको सबैभन्दा लामो एकल स्पान (Single Span) झोलुङ्गे पुल । बाङ्गेचौर अदुवाबारी झोलुङ्गे पुलको नामले चिनिने यस पुलको लम्बाई ५६७ मिटर रहेको छ ।