आफ्नै शरीरमा आगो लगाइन् राजुदेवीले
मकालु खबर
२०७९ फागुन ६ गते
जनकपुरधाम । सप्तरीकी एक महिलाले आफ्नै शरीरमा आगो लगाएर आत्महत्या गरेकी छन् । तिलाठी गाउँपालिका ४ तेलियारी टोल बस्ने राजकुमार साहको श्रीमती ४० वर्षीया राजुदेवी साहले आफ्नै शरीरमा आगो लगाएर आत्महत्या गरेकी हुन् ।
घरमा कोही नभएको अवस्थामा घरसँगै टाँसिएको शौचालयभित्र गएर आफैलाई आगो लगाएको सप्तरी प्रहरीका प्रवक्ता एवं डिएसपी नरेशकुमार सिंहले जानकारी दिए । मृतक शवको मुचुल्का उठाएर पोस्टमार्टमको लागि गजेन्द्र नारायण सिंह अस्पताल पुर्याउने तयारी भइरहेको ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता सिंहले बताए । उनले आफ्नै शरीरमा आगो लगाउनुको कारण खुल्न सकेको छैन ।
मकालु खबर
२०७९ फागुन ६ गते
प्रतिक्रिया
सम्बन्धित