सुर्खेतका शिव मन्दिरहरुमा भक्तजनको घुइँचो (तस्बिरहरु)

सुर्खेत । महाशिवरात्रिका अवसरमा बिहानैदेखि सुर्खेतका शिव मन्दिरहरुमा भक्तजनहरुको घुइँचो लागेको छ । बिहानदेखि नै भक्तजन पूजाआरधना एवं दर्शनका लागि मन्दिरमा जम्मा भएका छन् ।

वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा९आराधना गर्दछन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराण लगायतका ग्रन्थमा उल्लेखित छ ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।

  तस्बिरहरु 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *