माओवादीले राष्ट्रपतिमा एमालेलाई भोट हाल्दैन भन्ने परिकल्पना नै गर्न सकिँदैन : ओली
विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वचनलाई लिएर अहिलेको सत्ता समीकरण नबदलिने बताएका छन् ।
विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै माओवादी केन्द्रले एमालेले उठाएको राष्ट्रपतिलाई भोट हाल्दैन भन्ने परिकल्पना नै गर्न नसकिने बताए ।
उनले अहिले नै को राष्ट्रपति बन्ने भनेर मान्छे नतोक्ने र १३ गते नाम सार्वजनिक हुने बताउँदै भने सहमतिमा राष्ट्रपति निर्वाचन हुन्छ, ‘राष्ट्रपति को हुने भनेर पहिला नै तय छ । अहिलेको समीकरण जन्मँदै त्यसको जन्म कुण्डलीमै लेखेर आएको छ उति बेलै ।’
ज्ञानेन्द्र शाहबारेमा पत्रकारको जिज्ञासामा ओलीले भने, ज्ञानेन्द्रजी अहिले आफै अलमलमा हुनुहुन्छ ! उहाँलाई अझै पनि पुरानो झल्को आइराख्छ र वरिपरि २-४ जनाको भिड देख्नेबितिकै फेरी उहाँलाई जोस्याउछ ! आज भन्दा करिब २४० वर्ष उहाँहरूले नै चलाउँदा के नै गर्नु भयो र ?