म राष्ट्रपति हुने कुरा हल्ला हो, एमालेबाट हुने राष्ट्रपतिको नाम १३ गते लिन्छु : ओली (भिडिओ)
मकालु खबर
२०७९ फागुन ७ गते
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई राष्ट्रपति बन्न गरेको कुरा हल्ला मात्र भएको बताएका छन् ।
उनले आफू नभएर आफ्नो पार्टीले जसलाई उठायो उही राष्ट्रपति बन्ने दाबी गरे । उनले भने, ‘मैले १३ गते नाम लिन्छु, एमालेले जो उठाउँछ उही राष्ट्रपति हुन्छ । राष्ट्रपति को हुने भनेर पहिला नै तय छ । अहिलेको समीकरण जन्मँदै त्यसको जन्म कुण्डलीमै लेखेर आएको छ उति बेलै ।’
आइतबार विराटनगरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ओलीले पूर्व राजालाई राष्ट्रपति हुने हल्लाको बारेका भने, ‘ज्ञानेन्द्रजी अहिले आफै अलमलमा हुनुहुन्छ । उहाँलाइ अझैपनि पुरानो झल्को आइराख्छ र वरिपरी २ ४ जनाको भिड देख्नेबितिकै फेरी उहाँलाई जोस्याउछ । आज भन्दा करिब २४० वर्ष उहाँहरुले नै चलाउँदा के नै गर्नु भयो र ?’
मकालु खबर
२०७९ फागुन ७ गते
प्रतिक्रिया
सम्बन्धित