केपी ओली रोडरेस प्रतियोगिताको उपाधिमा नेपाली सेना र सशस्त्रको कब्जा

विराटनगर । विराटनगरमा सम्पन्न केपी ओली खुला दौड (रोडरेस) प्रतियोगिताको उपाधि सशस्त्र र नेपाली सेनाले जितेको छ।

महिला र पुरुष गरी फरक फरक विधामा भएको प्रतियोगिताको पुरुष तर्फको नेपाली सेना र महिला तर्फको सशस्त्र प्रहरीले जितेको हो । पुरुष तर्फ भएको खुला दौडमा नेपाली सेनाका मुकेश नेपाली प्रथम भए । उनले १४ मिनेट ४५ सेकेण्डमा निर्धारित दुरी पुरा गरे । त्यस्तै नेपाली सेनाका श्रीकाश द्वितीय हुँदै १४ मिनेट २६ सकेण्डमा दुरी पुरा गरे भनेँ नेपाली सेनाकै टंक कार्की तेस्रो भए उनले १४ मिनेट ३३ सेकेण्डमा दुरी पुरा गरेका थिए ।

नागेश्वर अहिर र मिलन कार्की क्रमशः चौथो र पाँचौँ भएका छन् ।

नेपाल खेलकुद महासंघको दोस्रो महाधिवेशनको अवसरमा आयोजित केपी ओली रोडरेस प्रतियोगिताको महिला तर्फको दौडमा सशस्त्र प्रहरीकी फुलमती रानाले १८ मिनेट ११ सकेकेण्डमा निर्धारित दुरी पुरा गरिन् ।

नेपाल प्रहरीकी राममाया बुढा १८ मिनेट १६ सेकेण्डमा दुरी पुरा गर्दै दोस्रो हुँदा सशस्त्र प्रहरीकी सीमा चौधरीले तेस्रो हुँदै निर्धारित दुरी पुरा गर्न १८ मिनेट २७ सेकेण्ड लगाउनु प¥यो । नेपाल प्रहरीकी सुमित्रा चौधरी र भोजपुरकी छेन्नीमायाँ राई चौथो र पाँचौँ भएका छन् ।

उनीहरूलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । पुरस्कृत हुने प्रतियोगीहरू प्रथम, द्वितीय, तृतीय, चौथो र पाँचौँ हुनेले महिला पुरुष दुवै समूहका विजेतालाई क्रमशः ५१ हजार, ३१ हजार, १५ हजार, ८ हजार ५ हजार नगद प्रदान गरिएको केपी ओली खुला दौड (रोडरेस) प्रतियोगिताका संयोजक अनिरुद्र चौधरीले जानकारी दिए ।

प्रतियोगिता ५ किलोमिटर दुरी तय गरिएको थियो । विराटनगरस्थित सहिद रङ्गशालाबाट सुरु भएको खुला दौड पानीट्यांकी, तीनपैनी, बरगाछी, शनि मन्दिर, जलजला मोड, अस्पताल चोक हुँदै पुन रङ्गशालामा पुगेर सम्पन्न भएको थियो ।

दौडमा महिला तर्फ १७५ जना र पुरुष तर्फ ४२५ जना प्रतियोगी सहभागी थिए । प्रतियोगितामा सहभागी हुनको लागि नेकपा एमालेका नेताहरू गोकुल बाँस्कोटा, राजेन्द्र गौतम, जीवन घिमिरे, ऋषिकेश पोखरेल तथा खेलकुद महासङ्घका संयोजक पर्शुराम बस्नेत लगायत सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *