गण्डकीका मुख्यमन्त्रीले राष्ट्रपतिलाई भनेः पोखराबाट शीघ्र अन्तर्राष्ट्रिय उडानमा पहल गरिदिनुस्

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट छिटो अन्तर्राष्ट्रिय उडान हुने व्यवस्थाका लागि पहल गरिदिन आग्रह गरेका छन् । बागलुङ कालिका दर्शन गरेर फर्किएकी राष्ट्रपति भण्डारीसँग अधिकारीले पोखरा विमानस्थलमा भेट गरेका हुन् । भेटका क्रममा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना समेत उपस्थित थिए ।

‘विशेष जोड अन्तर्राष्ट्रिय उडानमा छ । मुख्यमन्त्रीको चासो पनि यसमा भएका कारण सम्माननीय राष्ट्रपति ज्यू र राष्ट्रियसभा अध्यक्ष ज्यूलाई सँगै राखेर उडानको पहल गरिदिन आग्रह गर्नुभयो,’ मुख्यमन्त्रीको सचिवालयले भन्यो, ‘ठोस प्रतिक्रिया भन्दा पनि उहाँहरूले पहल गर्ने बचन दिनुभएको छ ।’

भण्डारी नेपाली सेनाको हेलिकोप्टर मार्फत बुधबार बिहान बागलुङ पुगेकी थिइन् । हेलिकोप्टरमा इन्धन भर्नका लागि पोखरा ल्यान्ड गरिएको मौका पारेर मुख्यमन्त्रीले आफ्ना माग राखेका हुन् । अधिकारीले पोखराबाट रात्रिकालीन उडानको विषयमा पनि छलफल गरेका थिए । जनवरी १ तारिखमा उद्घाटन भए पनि पोखराबाट अन्तर्राष्ट्रिय उडान अहिलेसम्म सुरु भएको छैन ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *