यातायात क्षेत्रको समस्या एकीकृत रूपमा समाधान गरिन्छ : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष हिरालाल श्रेष्ठ नेतृत्वको प्रतिनिध मण्डल र उप९ प्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायण काजी श्रेष्ठ बिच मन्त्रालयमा मंगलबार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । अध्यक्ष श्रेष्ठको नेतृत्वले मन्त्री श्रेष्ठलाई भेटी बधाई दिँदै मालवाहक सवारी क्षेत्रले भोग्दै आएको समस्या र समाधानका उपायबारे जानकारी गराएको महासघका महासचिव राजेन्द्र विक्रम बानियाँले जानकारी दिए ।
विशेष गरी भारतीय मालवाहक सवारीको निर्वाध नेपाल प्रवेश, भारतीय गाडीको ओभर लोड नियन्त्रण ओभर लोडका कारणले नेपालका सडकमा भएको क्षेत्री , जसबाट स्वदेशी ट्रक व्यवसायीहरू पलायन हुनुपर्ने अवस्था, बिमाको क्षेत्रमा देखिएको कानुनी जटिलता, काठमाडौँमा ट्रक पार्किङ लगायत समस्याहरू बारेमा मन्त्री श्रेष्ठको ध्यानाकर्षण समेत गराएका थियो । ट्रक व्यवसायीहरूको समस्या र समाधानको उपायहरू सुनिसकेपछि मन्त्री श्रेष्ठले सबै समस्याहरूलाई एकीकृत रूपमा समाधान लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
भेटघाट कार्यक्रममा महासघका अध्यक्ष, हिरालाल श्रेष्ठ, उपाध्यक्ष विष्णु प्रसाद न्यौपाने, महासचिव राजेन्द्र विक्रम बानियाँ, ध्रुव अर्याल, मधेस संयोजक, अर्जुनबहादुर सापकोटा बागमती प्रदेश केन्द्रीय सदस्यहरू रोहित श्रेष्ठ, सरोजकुमार खनाल, बद्रीप्रसाद चौलागाईं र कार्यालय सचिव , रामचन्द्र न्यौपाने साथै अन्य ट्रक व्यवसायीहरूको सहभागिता रहेको थियो ।