तीव्र भेटघाटकाबीच प्रचण्डलाई भेट्न बालुवाटार पुगे देउवा
मकालु खबर
२०७९ फागुन १० गते
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री समेत रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।
राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दिने १३ फागुनको निर्वाचत कार्यतालिका नजिकिएसँगै शीर्ष दलका नेताहरुबीचको भेटघाटले तीव्रता पाएको छ । यसअघि सभापति देउवाले नेकपा एकसका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुलाई आफ्नै निवास धुम्बाराहीमा भेटेका थिए ।
२५ फागुनमा राष्ट्रपतिको निर्वाचन गराउने तयारी छ । नेपाली कांग्रेसले आफूले उठाउने उम्मेद्वारमा सबै दलको सहमति जुटाउने प्रयास गरिरहेको छ । नेकपा एमालेले भने एमालेबाटै वा अहिलेको गठबन्धन दललाई मान्य हुने उम्मेदवार उठाउने बताइरहेको छ ।
मकालु खबर
२०७९ फागुन १० गते
प्रतिक्रिया