लागू औषधसहित पोखराबाट एकजना पक्राउ
मकालु खबर
२०७९ फागुन १० गते
पोखरा । लागू औषध सहित पोखराबाट एकजना युवक पक्राउ परेका छन् । पोखरा ३० पावर हाउसमा गाडी चेकजाँच गर्ने क्रममा बागलुङ नगरपालिका ८ घर भई पोखरा ७ रत्नचोक बस्दै आएका २३ वर्षीय अमित खड्का पक्राउ परेका हुन् ।
उनको साथबाट डाइजीपाम ३३ एम्पुल, फेनेरागन ३३ एम्पुल र नुर्फिन ३३ एम्पुल गरी ९९ एम्पुल लागू औषध बरामद भएको प्रहरीले जनाएको छ । उनलाई कास्की अदालतबाट १० दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको सूचना अधिकारी ज्ञानबहादुर खड्काले जानकारी दिए ।
मकालु खबर
२०७९ फागुन १० गते
प्रतिक्रिया
सम्बन्धित