पाँच दलीय गठबन्धनको बैठक आजका लागि स्थगित
मकालु खबर
२०७९ फागुन ११ गते
काठमाडौँ । चुनाव अगाडिको कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनको बैठक आजका लागि स्थगित भएको छ ।
साँझ ६ बजेका लागि बोलाइएको उक्त बैठक अघि दलहरु आपसमा छलफलमा जुटेका थिए । तर, गठबन्धनमा रहेका दलहरुको संयुक्त बैठक भने स्थगित भएको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले बताएका छन् ।
आजको बैठकलाई पाँच दलीय गठबन्धन ब्युतिएको घोषणा गर्ने निर्णायक बैठकको रुपमा लिइएको थियो । तर, माओवादी केन्द्रले आजलाई संयुक्त बैठक नराख्ने प्रस्ताव गरेपछि बैठक स्थगित गरिएको उनले बताएका छन् ।
मकालु खबर
२०७९ फागुन ११ गते
प्रतिक्रिया