प्रचण्ड, माधव र उपेन्द्रबीच छलफल सुरु

काठमाडौँ । प्रधानमन्त्री रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच अहिले छलफल सुरु भएको छ ।

प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा मन्त्रिपरिषद्को बैठक सकिए लगत्तै माओवादी संसदीय दलको कार्यालयमा तीन पार्टीका नेताबीचको बैठक सुरु भएको हो ।

बैठकमा माओवादीबाट प्रचण्डसहित नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, शक्ति बस्नेत सहभागी छन् । त्यस्तै, जसपाबाट उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ सहभागी छन् । एकीकृत समाजवादीबाट माधव नेपालसहित, प्रमेश हमाल, बेदुराम भुसाल, घनश्याम भुसाल र प्रकाश ज्वाला सहभागी छन् ।

बैठकको मुख्य एजेन्डा राष्ट्रपति निर्वाचन, पाँच दलीय गठबन्धनलाई ब्युँताउने विषय र मुख्य पदहरुको बाँडफाँट रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *