हिमालयन बैंक र सिभिल बैंकको संयुक्त कारोबार सुरु
मकालु खबर
२०७९ फागुन १२ गते
काठमाडौँ । हिमालयन बैंक र सिभिल बैंकले शुक्रबारदेखि संयुक्त कारोबार सुरु गरेका छन् ।
हिमालयन बैंकले सिभिललाई गाभेर एकीकृत कारोबार शुरु गरेको हो । सिभिल बैंक १०० कित्ता शेयर बराबर हिमालयन बैंकमा ८०.२८ कित्ता हुने गरी मर्जर भएको हो । मर्जरपछि स्थापित बैंकको कुल पुँजी ३४ अर्ब रुपैयाँ पुगेको छ । कुल निक्षेप २ खर्ब ७४ अर्ब रुपैयाँ र कुल कर्जा २ खर्ब ५० अर्ब रुपैयाँ पुगेको हो । मर्जरपछि अब हिमालयन बैंकको शाखा सञ्जाल १८९ पुगेको प्रमुख कार्यकारी अधिकृत अशोक राणाले जानकारी दिए ।
हिमालयन बैंक र सिभिल बैंकबीच गएको असार २९ गते प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।
मकालु खबर
२०७९ फागुन १२ गते
प्रतिक्रिया
सम्बन्धित