राप्रपा राष्ट्रपतिका उम्मेदवारकाे प्रस्तावक र समर्थक हुँदैन : अध्यक्ष लिङ्देन
मकालु खबर
२०७९ फागुन १२ गते
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रपतिको निर्वाचनमा आफ्नो पार्टी कुनै पनि उम्मेदवारको प्रस्तावक र समर्थक नहुने बताएका छन् ।
राष्ट्रपतिलाई मतदान गर्ने कि नगर्ने भन्ने विषयमा भने आगामी बैठकमा छलफल हुने उनले बताए ।
राप्रपाको कार्यसम्पादन समिति बैठकले गरेको निर्णयबारे जानकारी दिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
आगामी चैत १८ गतेदेखि केन्द्रीय कार्य समितिको बैठक सुरु हुने पनि उनले बताए ।
मकालु खबर
२०७९ फागुन १२ गते
प्रतिक्रिया
सम्बन्धित