बालुवाटार बैठकमा महन्थ र रञ्जिता पनि सामेल
मकालु खबर
२०७९ फागुन १२ गते
काठमाडौँ । बालुवाटारमा बसिरहेको बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि सामेल भएका छन् । यसअघि नै यो बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेतृत्व सामेल भएको थियो ।
लगतै जनमत पार्टीका नेता अब्दुल खान पनि बालुवाटार पुगेका छन् ।
अहिले बालुवाटारमा ७ दलको बैठक जारी रहेको छ ।
राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी मनोनयन दर्ता गर्ने १३ फागुनको मिति नजिकिँदै गर्दा गत संदीय निर्वाचन अघिको ५ दलीय गठबन्धनमासहेका सहित ६ दलका नेताहरु छलफलमा जुटेका हुन् । खास गरी राष्ट्रपतिको साझा उम्मेदवार खोज्ने र महत्वपूर्ण पदहरुमा भागबन्दा गरी सत्ता गठबन्धन निर्माणमा नै यो बैठक केन्द्रित छ ।
मकालु खबर
२०७९ फागुन १२ गते
प्रतिक्रिया
सम्बन्धित