बालुवाटार बैठक : राष्ट्रपति कांग्रेसले लिने, उपराष्ट्रपति जसपालाई

काठमाडौँ । बालुवाटारमा जारी ८ दलको बैठक जारी छ । राष्ट्रपतिको साझा उम्मेदवार छनोटका लागि उक्त बैठक बसिरहेकाे हाे । बैठकमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा, लोसपा, जनमत, नाउपा र जनमाेर्चाका शीर्ष नेता सहभागी छन् ।

बैठकले कांग्रेसलाई राष्ट्रपति बनाउने निर्णय गरेको छ । भागबन्डामा उपराष्ट्रपति भने जसपाबाट रामसहायप्रसाद यादव हुने भएका छन् ।

प्रधानमन्त्रीमा माओवादी र कांग्रेसले २/२ वर्ष सरकारकाे नेतृत्व गर्ने र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले एक वर्ष प्रधानमन्त्री पाउनेबारे छलफल चलिरहेको छ ।

बैठकबाट बाहिरिने क्रममा नेकपा एसका नेता प्रकाश ज्वालाले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै आठ दलको यो बैठकले नयाँ राजनीतिक यात्रा तय गरेको बताए ।

‘प्रधानमन्त्री ज्युले पनि के भन्नुभएको छ भने यो नयाँ राजनीतिक यात्रा सुरु भएको बताउनु भएको छ,’ उनले भने, ‘कांग्रेसले राष्ट्रपति कसले बनाउँछ भन्ने त्यसो उसको कुरा हो ।’

भागबण्डामा राष्ट्रिय सभाको अध्यक्ष माओवादीले लिने समझदारी भएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *