एमालेबाट राष्ट्रपतिमा सुवासचन्द्र नेम्बाङको मनोनयन दर्ता (तस्बिरसहित)
२०७९ फागुन १३ गते
काठमाडौँ । नेकपा एमालेले राष्ट्रपति निर्वाचनमा लागि मनोनयन दर्ता गराएको छ ।
एमाले उपाध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्बाङलाई अगाडि सारेको हो ।
नेम्वाङको प्रस्तावकमा केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरूङ, गोकर्णराज विष्ट, रघुवीर महासेठ र छविलाल विक रहेका छन् । समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के रहेको संसद् सचिवालयले जनाएको छ ।
वैधानिक व्यवस्था अनुसार पाँच जना प्रस्तावक र समर्थक राखेर उम्मेदवारी दर्ता गराएको हो । नेम्बाङ गत मङ्सिरमा सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमा इलाम क्षेत्र नं २ बाट निर्वाचित भएका थिए ।
२०७९ फागुन १३ गते
प्रतिक्रिया
सम्बन्धित