सरकारबाट बाहिरियो राप्रपा, मन्त्रीहरुले दिए राजीनामा
मकालु खबर
२०७९ फागुन १३ गते
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएको छ । पार्टीका अध्यक्ष समेत रहेको उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनसहित मन्त्रिपरिषदमा सहभागी राप्रपा नेताहरुले शनिबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएर सरकारबाट बाहिरिएका हुन् ।
शुक्रबार साँझ नेपाली कांग्रेससहति ८ दलको नयाँ गठबन्धन निर्माण भएपछि राप्रपाले सरकारबाट बाहिने तर समर्थन फिर्ता नलिने निर्णय गरेको हो ।
मन्त्रिपरिषदमा अध्यक्ष लिङ्देनले उपप्रधानमन्त्रीसहित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री रहेको थिए । त्यस्तै, उपाध्यक्ष बिक्रम पाण्डे शहरी विकास, नेता ध्रुवबहादुर प्रधानले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री र दीपकबहादुर सिंह ऊर्जा राज्यमन्त्री थिए ।
मकालु खबर
२०७९ फागुन १३ गते
प्रतिक्रिया
सम्बन्धित