जसपा सांसद सहनाज रहमानको हृदयघातबाट निधन

काठमाडौँ । जनता समाजवादी पार्टीकी सांसद सहनाज रहमानका असामयीक निधन भएको छ । भक्तपुरको मध्यपुर ठिमी अस्पतालमा सांसद रहमानको शनिबार बिहान निधन भएको हो ।

६७ वर्षीया रहमान भक्तपुरको ध्याम्पे डाँडामा आयोजित पिकनिक कार्यक्रममा खाना खाएर गफ गरिरहेको बेला एक्कासी हृदयघात भएको थियो । त्यसपछि उनलाई अस्पताल पुर्याइएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरेको हो ।

उनी जसपाको केन्द्रीय सदस्य र महिला फोरमकी पूर्व अध्यक्षसमेत थिइन् ।

हाल घटनाबारे बुझ्न प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलगायतका नेता अस्पताल गएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *