म्यानचेस्टर सिटी तीन गोलले विजयी, रोकियो लिभरपुल
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले बर्नेमाउथलाई ४-१ गोल अन्तरले हराएको हो ।
सिटीको जितमा जुलियन अल्भारेज, अर्लिङ हालाण्ड, फिल फोडेन र बर्नेमाउथका क्रिस मेपहमले आत्मघाती गोल गरेका थिए । बर्नेमाउथका जेफरसन लेर्माले एक गोल फर्काए ।
यस जितले सिटी २५ खेलबाट ५५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । एक खेल कम खेलेको शीर्षस्थानको आर्सनलको ५७ अंक छ । पराजित बर्नमाउथ २४ खेलबाट २१ अंक जोडेर १९औं स्थानमा छ ।
अर्काे खेलमा लिभरपुल घरेलु टोली क्रिस्टल प्यालेससँग गोलरहित बराबरीमा रोकिएको छ । घरेलु टोलीविरुद्ध लिभरपुलले बल पोसेसन राख्दै दवाव बढाएपनि गोल भने गर्न सकेन । यस बराबरीले लिभरपुल २३ खेलबाट ३६ अंक जोडेर सातौं स्थानमा रहेको छ । क्रिस्टल प्यालेस २४ खेलबाट २७ अंक जोडेर १२औं स्थानमा छ ।