प्रि-मनसुनपूर्व काठमाडौँ उपत्यकामा वर्षा (तस्बिरहरू)
२०७९ फागुन १४ गते
काठमाडौँ । काठमाडौँ उपत्यकामा वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा पानी पार्ने पश्चिमी वायु सक्रिय हुन समय लागेका कारण यसपटक ढिलो गरी हिउँदे वर्षा भएको हो ।
गत कात्तिकमा मनसुन बाहिरिएपछि वर्षा भएको थिएन । मंसिर, पुस र माघ महिनाको लामो सुख्यापछि वर्षा भएको हो ।
विभागकी प्रवक्ता एवं वरिष्ठ मौसमविद् विभूति पोखरेलले नेपालमा प्रि-मनसुन सुरु हुन लागेको बताइन् । प्रि-मनसुन मार्चबाट सुरु हुने उनले बताइन् ।
यो वर्ष हिउँदमा लामो समय पानी नपरेका बेला यो वर्षाले धेरैलाई खुसी दिएको छ ।
२०७९ फागुन १४ गते
प्रतिक्रिया
सम्बन्धित