प्रिमियर लिगमा टोटनह्यामले चेल्सीलाई हरायो
मकालु खबर
२०७९ फागुन १५ गते
काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्यामले चेल्सीलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा टोटनह्यामले चेल्सीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
टोटनह्यामको जितमा ओलिभर स्कीप र ह्यारी केनले एक एक गोल गरेका थिए । चेल्सीले पछिल्ला ११ खेलमा केवल एक जित हासिल गरेको छ । यस सिजनमा लगातार खराब प्रदर्शनलाई जारी राखेपछि चेल्सी थप दबाबमा परेको छ ।
यो जितपछि टोटनह्यामको २५ खेलमा ४५ अंक हासिल गरेर लिगमा चौथो स्थानमा रहेको छ । चेल्सीको २४ खेलमा ३१ अंक रहेको छ र लिगमा १०औं स्थानमा रहेको छ ।
मकालु खबर
२०७९ फागुन १५ गते
प्रतिक्रिया
सम्बन्धित