नबोलाएका विदेशी अधिकारी नेपाल भ्रमणमा आउँदा राजनीतिक खलबलियो परराष्ट्र : मन्त्री पौड्याल

काठमाडौँ । परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले नबोलाएका विदेशी अधिकारी नेपाल भ्रमणमा आउँदा राजनीतिक वातावरण खलबलिएको बताएकी छन् । राष्ट्रियसभाको बैठकमा समय लिएर समसामयिक विषयमा धारणा राख्दै उनले यस्तो बताएकी हुन् ।

विदेशी प्रतिनिधिको भेटमा अनिवार्य रुपमा परराष्ट्र मन्त्रालयको स्वीकृति र उपस्थिति हुनुपर्ने निर्णय मन्त्रिपरिषद्बाट निर्णय गराएको भन्दै त्यसलाई स्मरण गरेर कार्यान्वयन गर्नुपर्ने बताइन् ।

उनले संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्को ५२औँ सभामा भाग लिन नेपालको प्रतिनिधित्व गर्दै परराष्ट्र मन्त्री जानुपर्ने प्रावधार रहे पनि आफू उक्त सभामा सहभागी हुन नपाएको गुनासो गरेकी छन् । आफू नेतृत्वको ५ सदस्यीय टोलीको नेतृत्व जेनेभा जान आफूलाई प्रधानमन्त्रीले अन्तिम सममयमा रोकेको उनले बताए ।

त्यस्तै, आफूले टोलीमा विज्ञ सदस्य अर्थात् पूर्व कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालालाई पठाउने सरकारको निर्णयको कानूनी वैधतामाथि प्रश्न गरेकी छन् ।

नेपालको संक्रमणकालिन न्यायको सम्बन्धमा बेला बेलामा प्रश्न उठ्ने गरेको भन्दै उनले त्यसलाई पीडितमैत्री बनाएर टुंग्याउनुपर्ने बताएकी छन् ।

मन्त्री पौडेलले आफू परराष्ट्रमन्त्री भएको ४२ दिन भएको र यस अवधिमा धेरै ससाना काम गरे पनि त्यसको प्रभाव ठूलो हुने उनले बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *