सन्दीप लामिछानेले दिएकाे निवेदनमाथि सुनुवाई सकियो, आदेश आजै आउनसक्ने

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेको निवेदनमाथिको सुनुवाई सकिएको छ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतका युएईमा हुने खेल खेल्न जान पाउनुपर्ने माग गर्दै सन्दीपका तर्फबाट सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको थियो

न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा आज वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, अधिवक्ताहरु सरोजकृष्ण घिमिरे र रोशनी पौडेल घिमिरेले बहस गरेका थिए ।

सरकारी वकीलको कार्यालयले भने लामिछानेलई थुनामै राख्नुपर्ने मागसहित सर्वोच्चमा निवेदन दिएका थियो ।

नाबालिगमाथि जबरजस्ती करणी गरेको अभियोगमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न काठमाडौँ जिल्ला अदालतको आदेश थियो । तर, उच्च अदालत पाटनले सन्दीपलाई विदेश जान नपाउनेलगायत शर्त राखेर थुनामुक्त गर्ने निर्णय गरेको हो । त्यसपछि उनी धरौटीमा रिहा भएका हुन् ।

सुनिवाई सकिएकोले सन्दीप विदेशमा खेल्न जान पाउने/नपाउने विषयको आदेश पनि आजै आउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *