आईसीसी यू–१९ विश्वकपको छनोट : नेपालको लगातार तेस्रो जित

काठमाडौँ । आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले हङकङलाई ९ विकेटले पराजित गरेको छ । लगातार तेस्रो जित निकाल्ने क्रममा नेपालले हङकङलाई पराजित गरेको हो । हङकङ ९ विकेटले पराजित भएको हो ।

यूएईमा रहेको मलेका क्रिकेट मैदानमा सोमबार भएको खेलमा हङकङले दिएको १ सय २१ रनको लक्ष्य नेपालले २२ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो ।

नेपालका लागि आकाश त्रिपाठीले प्रतियोगितामा आफ्नो दोस्रो अर्धशतक पूरा गरे । त्रिपाठीले ७१ बलमा ५ चौका र ३ छक्काको सहयोगमा अविजित ५८ रन बनाए ।

उत्तम थापाले ५० बलमा ४ चौकाको सहयोगमा अविजित ३९ रन बताए । अर्जुन कुमाल १६ रनमा आउट भए । त्यसअघि पहिले ब्याटिङ गरेको हङकङले ४६ ओभर ३ बलमा अलआउट हुदै १ सय २० रन बनाएको थियो ।

हङकङका लागि पर्थ भागवात ३६ रनमा आउट हुँदा मोहम्मद जाहिरले २९ रन बनाए । अहान त्रिवेदीले ११ रन बनाउँदा हङकङका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि हेमन्त धामीले ३ तथा आकाश चन्द र सुवास भण्डारीले समान २२ तथा दीपेश कंडेलले १ विकेट लिए । प्रतियोगितामा नेपालसहित सिंगापुर,कुबेत,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ ।

तेस्रो खेलमा २८ तारिख मंगलबार मलेसियाको सामना गर्ने नेपालले २ मार्च बुधबार घरेलु टोलीसॅंग खेल्नेछ । राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *