प्रधानमन्त्री प्रचण्डकै जिम्मामा आए १६ मन्त्रालय, कांग्रेससहितका दललाई बाँड्ने तयारी

काठमाडौँ । १० पुसमा आफैँले निर्माण गरेको ७ दलीय गठबन्धन त्यागेर ८ दलीय गठबन्धनको सरकार बनाएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जिम्मेवारीमा अहिले १६ वटा मन्त्रालय आएका छन् । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरुले राजीनामा दिएर सरकारबाट बाहिरिएपछि खाली भएका मन्त्रालयको जिम्ममा प्रधानमन्त्रीमा आएको हो ।

पार्टी सभापति रवि लामिछाने नागरिकता विवादमा मुछिएर सांसदसहित उप्रधानमन्त्री तथा गृहमन्त्री पद गुमाउन पुग्दा रास्वपाका अरु मन्त्रीले पनि सरकार छोडेका थिए । त्यस्तै, राष्ट्रपति निर्वाचनको उम्मेदवार चयनको सिलसिलामा प्रचण्डले नयाँ गठबन्धन निर्माण गरेपछि एमाले र राप्रपाले सरकार छाडेका हुन् ।

कांग्रेससहित ८ दलिय नयाँ गठबन्धनमा रहेका दललाई खाली रहेका मन्त्रालय बाँड्ने प्रधानमन्त्री प्रचण्डकाे तयारी छ ।

कुन कुन मन्त्रालय छन् अब प्रधानमन्त्रीसँग

  • वन तथा वातावरण मन्त्रालय
  • युवा तथा खेलकुद मन्त्रालय
  • गृह मन्त्रालय
  • शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
  • श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
  • ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय
  • सहरी विकास मन्त्रालय
  • कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय
  • अर्थमन्त्रालय
  • महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
  • परराष्ट्र मन्त्रालय
  • स्वास्थ्य तथा जनसङ्‌ख्या मन्त्रालय
  • भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय
  • रक्षा मन्त्रालय
  • उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
  • कृषि तथा पशुपंक्षी विकास मन्त्रालय
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *