अब क्यूआरबाटै नेशनल लाइफ इन्स्योरेन्सको बीमाशुल्क भुक्तानी गर्न सकिने
मकालु खबर
२०७९ फागुन १५ गते
काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्सले कम्पनीका सबै शाखामार्फत फोनपे नेटवर्कमा आवद्ध वित्तीय संस्था इसेवाको माध्यामबाट डाइनामिक क्युआर स्क्यान गरी आफ्नो बीमाशुल्क बुझाउन सकिने व्यवस्था गरेको छ ।
कम्पनीको लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा आयोजना गरिएका एक समारोहबीच उक्त सेवाको औपचारिक सुरुवात गरिएको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्री र इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काको समुपस्थितीमा नेशनल लाइफ इन्स्योरेन्सले उक्त सेवाको शुभारम्भ गरिएको हो ।
उच्चतम प्रविधिमा आधारित सेवाबाट कम्पनीका ग्राहक वर्गले नगदरहित भुक्तानी गरी लाभ उठाउन सक्ने आपेक्षा गरिएको कम्पनीले जनाएको छ ।
मकालु खबर
२०७९ फागुन १५ गते
प्रतिक्रिया
सम्बन्धित