पुस १० गतेको गल्ती सच्याइयो : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुस १० गते भएको गल्ती सच्चाइएको बताएका छन् ।

मंगलबार काठमाडौंमा काठमाडौं क्षेत्र नंवर ४ सांसदको कार्यालय उद्घाटन गर्दै थापाले निर्वाचन अघिको गठबन्धन भत्काएर पुष १० गते अप्राकृतिक गठबन्धन बनाउने गल्तीलाई सच्चाइएको बताएका छन् । निर्वाचनमा फरक–फरक उद्देश्य भएका दलले गठबन्धन बनाएर जनताकाबीच मुलुक बनाउने प्रतिवद्धता गरेको र निर्वाचनपछि जनतामाझ गरेको प्रतिबद्धता पालना नगरेकाले अहिले ढिलो भएपनि निर्वाचन अघिको गठबन्धनलाई व्युताउन सफल भएको उनले बताए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री मात्रै हुने कुरा सोचेको भए अहिलेको गठबन्धन नै नबन्ने भन्दै उहाले अहिलको गठबन्धन पदका लागि नभएको दावी गरे । थापाले अव गठबन्धनलाई बलियो बनाएर सरकारलाई सफल बनाउनुपर्ने बताए ।

उनले जनतालाई कामले परिणाम दिन नसके फेरी अप्ठेरो अवस्था आउने भएकाले झ्याल ढोका बन्द गरेर काममा लाग्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *