बेनामे प्रदेशमा नामको चर्चा, प्रदेश-१ को ‘न्वारन’ गर्न प्रक्रियामा लग्ने तयारी

विराटनगर । प्रदेश १ सभामा नामकरणको प्रस्ताव पेश गर्ने तयारी शुरु भएको छ । नामकरणको विषयमा आलोचना खेप्दै आएको प्रदेश १ ले आकस्मिक रूपमा नामको प्रक्रिया प्रदेश सभामा पेश गर्ने तयारी शुरु भएको हो ।

राजनीति दलको आम सहमतिमा नामकरणको विषय प्रदेशसभामा आजै प्रवेश गराउने तयारी छ । केही समयदेखिको निरन्तर दलहरूका नेताहरुबीच भएको गोप्य छलफलपछि आज संसद्मा नामकरणको विषय प्रवेश गराउन लागिएको हो । प्रदेश १ सभा सचिवालयमा बिहान १० बजे सर्वदलीय बैठक बोलाइएको छ । छलफलपछि प्रदेशसभामा नामकरणको प्रक्रिया अघि बढाउने तयारी थालिएको हो ।

छलफल र बैठकमा सहभागी नेताहरूले जो जो छलफल बसेको हो सूचना नचुहाउने सहमति भएकोले विषयलाई गोप्य राखिएको बैठकमा सहभागी एक नेताले बताए । पत्रकारले थाहा पाउँछन् भनेर नेताहरूले छलफलसमेत गोप्य गरेका थिए । राष्ट्रपतिको चुनाव अगाडी नै हामीले नामकरणको विषयलाई प्रक्रियामा लग्ने तयारी गरेका थियौँ, एक नेताले भने, नामकरणको विषय धेरै विवाद गरिरहनु पर्ने नभएको कारण हामीले एकै पटक प्रदेश सभामा पेश गर्ने तयारी गरेका हौँ । नेकपा माओवादीले पहिचानसहितको नाममा जोड दिए पनि यदि अरू नाममा दुई तिहाइ पुग्ने भएमा त्यसैमा सहमति गरेर अघि बढ्ने निर्णय गरेको छ ।

मंगलबार माओवादीका प्रदेश अध्यक्ष , केन्द्रीय सदस्य साथै संसदीय दलको नेताको इन्द्रबहादुर आङ्बोको उपस्थितिमा बैठक बसेर नामकरणमा बाधक नबन्ने नीति पास गरेको छ । माओवादीले कोसी नाममा समेत सहमति जनाउने रणनीति लिएको छ । नेकपा एमालेले भने मंगलबार निर्देशनात्मक संसदीय दलको बैठक गरेको थियो । दलहरूले साटाक सुटुक बैठक बसेका थिए । नाम के राख्ने भन्ने बारेमा दलहरूले सूचना चुहाएका छैनन् ।

आपसी सहमतिको आधारमा आज रातीसम्ममा भएपनि नामको विषय टुङ्गो लगाउने तयारी दलहरूले गरेका छन् । नेकपा समाजवादी पार्टीले भनेँ पहिचान सहितको नाम प्रदेशसभामा दर्ता गराउने तयारी गरेको स्रोतले बतायो ।

नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दलहरुबीच नामकरणको विषयमा छलफल भएको स्वीकार गर्दै यदि सभामा नामको प्रस्ताव आउनु सकारात्मक हुने बताएका छन् ।  नामको विषय कसरी प्रदेशसभामा लैजाने भन्ने बारेमा लगभग सहमति भएपनि सर्वदलीय छलफल पछि मध्यान्ह बस्ने बैठकमा प्रक्रिया पूरा गरेर नाम प्रवेश गराइने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *