प्रहरीकै गाडीबाट भागेका थुनुवा पक्राउ

जनकपुरधाम । धनुषामा प्रहरीकै गाडीबाट भागेका थुनुवा पक्राउ परेका छन् । गत आइतबार साँझ जिल्ला अदालत धनुषाबाट म्याद थप गराई इलाका प्रहरी कार्यालय सबैला लगिरहेको बेला बलात्कार मुद्दाका आरोपी सबैला नगरपालिका-१३ का २८ वर्षीय राजाबाबु मुखिया फरार भएका थिए ।

प्रहरीको गाडीबाट हाम फालेर भागेका मुखियालाई नेपाल भारतको सीमा क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । सीमावर्ती क्षेत्रमा लुकीछिपी बसिरहेको अवस्थामा प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको प्रहरीले बताएको हो ।

गत आइतबार साँझ जनकपुरबाट फर्किँदै गर्दा थुनुवा मुखिया प्रहरीकै गाडीबाट कमला नहरमा हाम फालेर भागेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *