प्रदेश १ काे नाम ‘किराँत लिम्बुवान सगरमाथा’ राख्न एस र जसपाकाे प्रस्ताव

विराटनगर । नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले प्रदेशको नामकरणमा फरक प्रस्ताव दर्ता गराएको छ । प्रदेश १ को नाम किराँत लिम्बुवान सगरमाथा राख्ने प्रस्तावसहित प्रदेश सभा सचिवालयमा प्रस्ताव पेश गरेको छ ।

नेकपा एस संसदीय दलका नेता राजेन्द्रकुमार राईको प्रस्तावमा एसका कमलप्रसाद जवेगु र जसपाकी निर्मला तावा लिम्बूको समर्थनमा प्रस्ताव दर्ता गराएका हुन् । किराँत लिम्बुवान सगरमाथा प्रदेशले सबैलाई समेट्ने प्रस्तावक राईको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *