सम्भावित झडप राेक्न विराटनगरमा निषेधित क्षेत्र घोषणा

विराटनगर । प्रदेश १ को नामकरणपछि उत्पन्न हुन सक्ने विरोध र सम्भावित झडपलाई रोक्न जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरमा निषेधित क्षेत्र घोषणा गरेको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले एक सूचना जारी गरी दिउँसो ३ बजेदेखि लागू हुने गरी विराटनगरका विभिन्न ठाउँमा निषेधित क्षेत्र घोषणा गरेको छ ।

विराटनगरस्थित देवकोटा चोकदेखि कोशी अस्पताल चोकसम्म, जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मुख्यमन्त्री निवास वरपर निषेधित क्षेत्र घोषणा गरेको हो ।

यस्ताे छ सूचना 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *