सीआईबीले सरकारी वकीललाई बुझायो पृथ्वीबहादुर शाहको अनुसन्धान प्रतिवेदन
मकालु खबर
२०७९ फागुन १७ गते
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले अछामका पृथ्वीबहादुर शाहले अमेरिकाबाट शंकास्पद रुपमा रकम नेपाल ल्याएको घटनाको अनुसन्धान प्रतिबेदन सरकारी वकिलको कार्यायामा बुझाएको छ । यसबारे आजै सीआईबीले पत्रकार सम्मेलन गरेर जानकारी गराउने भएको छ ।
शाहले अमेकिाबाट ५ वर्षमा ६१ करोड ३५ लाख ९६ हजार ४४ रुपैयाँ भित्र्याएको र उक्त रकम शंकास्पद पाइएपछि प्रहरीे शाहलाई २२ पुसदेखि हिरासतमा राखेको छ ।
शाहसहितको समूहले अधिकांश वृद्ध अमेरिकी नागरिकलाई ठगेर करोडौँ रकम नेपाल ल्याएको प्रतिवेदनले देखाएको छ ।
बयानका क्रममा शाहले अवैध रुपमा अमेरिकाबाट रकम ल्याएको स्वीकार गरेका छन् । नेपाल घुम्न आउने पर्यटकलाई सहजीकरण गरिदिएवापत आफूलाई रकम प्राप्त भएको समेत उनको दाबी छ ।
यस्तो छ अनुसन्धान प्रतिवेदनका विवरण
मकालु खबर
२०७९ फागुन १७ गते
प्रतिक्रिया
सम्बन्धित