प्रदेशसभामा प्रदेश १ को नाम कोशी राख्न प्रस्ताव टेबुल

विराटनगर । प्रदेश १ का सभामुख बाबुराम गौतमले समयमै प्रदेशले नाम राख्न नसक्दा संघीयतामथि नै प्रश्न उठ्ने गरेको बताएका छन् ।

नामाकरणकाे विषय प्राथमिकता नपर्दा संघियता विरोधीलाई बल पुर्‍याउने भएकोले प्रदेशको नाम प्राथमिकतामा परेको बताए । उनले दाेश्राे प्रदेश सभाको पहिलाे अधिवेशनको १३ औ बैठकमा प्रदेशले नाम पाउनेमा आफू विश्वस्त रहेका सदनलाई जानकारी गराए । एमालेका रामबहादुर मगरले प्रदेशको नामाकरणकाे बारेमा प्रस्ताव राख्दै काेशीले सबैलाई जोड्ने बताए । जन्मदेखि मरणको संस्कृति काेशीले समेट्ने उनले सुनाए ।

`अघिल्लो ५ वर्षमा प्रदेशको नाम राख्न सकेनौँ, उनले भने, यसका विभिन्न विकल्प मध्ये जनजीवनले पचाउने र जनजिब्रोमा झुन्डिने खालको नाम काेशी भएकोले प्रस्तावकाे रूपमा ल्याएको छु।´ अर्को प्रस्तावक नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राईले प्रदेश १ काे नाम किरात-लिम्बुवान-सगरमाथा प्रदेश राख्नु पर्ने प्रस्ताव टेबुल गराएका हुन् ।

उनले नाम सबैको सरोकार र साझा विषय भएकोले सबैलाई समेट्ने गरी ल्याउनु पर्नेमा जाेड दिए । प्रस्तावमाथि अब छलफल सुरु हुनेछ । किराँत र लिम्बुवान जातकाे रूपमा नबुझ्न उनले आग्रह गरे । `किराँती र लिम्बू जात भए पनि किराँत र लिम्बुवान जात हैन उनले भने, किराँत र लिम्बुवान सभ्यता हो ।´

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *