प्रदेश १ को नाम ‘कोशी’ राख्ने प्रस्ताव पारित, अब छलफलछि प्रदेशले नाम पाउने
मकालु खबर
२०७९ फागुन १७ गते
विराटनगर । प्रदेश १ को नाम कोशी प्रदेश राख्ने प्रस्तावलाई प्रदेश सभाले पारित गरेको छ । एमालेबाट प्रदेश सभा सदस्य राम राना मगर प्रस्तावक रहेको उक्त प्रस्ताव सभाले ध्वनी मतले पारित गरेको हो । अहिले प्रदेश सभा बैठकमा कोशी नामको विषयमा छलफल सुरु भएको छ ।
‘प्रदेश १ को नाम कोशी प्रदेश राखियोस् भन्ने प्रस्ताव ध्वनी मतले पारित भएकाे हाे । नेकपा एसका संसदीय दलका नेता राजेन्द्र राईले राखेको किरात लिम्बुवान सगरमाथा प्रस्ताव प्रदेशसभाबाट अस्वीकृत भएको छ ।
प्रस्तावमा छफफल गर्न मत विभाजन हुँदा काेशी नाममा बहुमत सांसदले स्वीकृति जनाएका हुन् । यो प्रस्तावमा कांग्रेसले समर्थन जनाएको छ । छलफलपछि आजै मतदान हुनेछ र प्रदेश १ ले नाम पाउनेछ ।
मकालु खबर
२०७९ फागुन १७ गते
प्रतिक्रिया
सम्बन्धित