सरकारले विषादीयुक्त भारतीय तरकारी भित्र्याएकाे विराेधमा अनेरास्ववियुद्वारा प्रदर्शन (तस्बिरहरू)
काठमाडौँ । भारतबाट आउने तरकारीमा विषादी परीक्षण नगरी भित्र्याउने सरकारी कदमको विरोध गर्दै आज एमाले समर्थित विद्यार्थी संगठन अनेरास्ववियुले त्रिचन्द्र क्याम्पसअघि प्रदर्शन गरेको छ ।
विषादीयुक्त तरकारी विना परीक्षण आयात गर्दा जनताको स्वास्थ्यमा प्रतिकुल असर पर्ने र उक्त तरकारीहरूमा जीवनाशक विषादीको अवशेष भेटिने विषय जानकारी हुँदाहुँदै पनि भारतीय व्यापारी र सरकार रिझाउन परीक्षण रोक्नु र नेपाली कृषकको उत्पादनले बजार नपाएर सडकमा नै फाल्दा सरकार रमिते हुनु दुःखद पक्ष रहेको भन्दै अनेरास्ववियु प्रदर्शनमा उत्रिएको हो ।
ओली सरकारको पालामा २०७६ असार २ गते देखि भन्सार विन्दुमा क्वारेनटाइन र जीवनाशक विषादी अवशेष परीक्षण सुरु भएको तर अहिलेको सरकारले जीवनाशक विषादी अवशेषको अधिकतम सीमालाई निष्क्रिय बनाउने काम गरेको अनेरास्ववियुको आरोप छ । सरकारको यस किसिमको रवैयाप्रति आन्दोलनको मैदानमा उत्रन अनेरास्ववियुले सम्पूर्ण नेपाली कृषकलाई आह्वानसमेत गरेको छ ।
तस्बिरहरू